कांग्रेस शेखर समूहको चियापान समारोह बत्तीसपुतलीमा

सफल खबर संवाददाता

विहीबार, १३ असोज २०७९, १२ : ५९
कांग्रेस शेखर समूहको चियापान समारोह बत्तीसपुतलीमा

काठमाडौँ । नेपाली कांग्रेस डा. शेखर कोइराला पक्षले बिहीबार दसैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।

बत्तीसपुतलीस्थित एक फुडल्यान्डमा आयोजित उक्त कार्यक्रम ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति’ गरिएको आयोजक नेपाली कांग्रेस खबरदारी अभियानले जनाएको छ।

कार्यक्रममा डा. कोइरालासहित उक्त समूहमा रहेका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी भएका नेता अजयबाबु सिवाकोटीले जानकारी दिए। कार्यक्रममा शेखर, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, डा. मीनेन्द्र रिजाललगायत नेता सहभागी थिए।

आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रूपमा निर्वाचन आयोगमा पेस गरेको भन्दै कांग्रेसको कोइराला पक्ष आन्दोलित छ।प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको एकलौटीविरुद्ध कोइराला समूहले बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस