कोसीमा नयाँ ब्यारेज

पत्रपत्रिकाबाट

मंगलबार, ०५ असार २०७५, ०८ : २९
कोसीमा नयाँ ब्यारेज


सुनसरी ।  कोसी नदीमा नयाँ ब्यारेज बनाइने भएको छ । उदयपुर र सुनसरीको सीमा चतरास्थित कोसी पुलनजिकै ब्यारेज बनाउन लागिएको हो ।

ब्यारेजमार्फत सुनसरी–मोरङ सिँचाइ योजनामा पर्याप्त पानी उपलब्ध गराउने योजना छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भइसकेको छ ।

सिँचाइ विभागले नियुक्त गरेको परामर्शदाता समूहले सम्भावित निर्माणस्थलको प्रारम्भिक अध्ययन गरिसकेको छ ।

हाइड्रो कन्सल्ट/इटिको/टीएमएस नामक कम्पनीले संयुक्त रूपमा स्थलगत अध्ययन गरिरहेका छन् । योजनाका डिभिजनल इन्जिनियर सुपेन्द्र खत्रीका अनुसार दुई वर्षमा अध्ययन सक्ने गरी ३ करोडको लागतमा परामर्शदाता संस्थासँग सम्झौता भएको छ ।

कोसीको धार पश्चिमतर्फ सोझिँदै गएपछि मुलुककै ठूलो सिँचाइ योजनाको नहरमा पानी निकै कम हुन थालेकाले ब्यारेज निर्माणलाई भरपर्दो विकल्प मानिएको उनले बताए । आजको कान्तिपुर दैनिकको पृष्ठ १३ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस