काठमाडौं । सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ ।
शीर्षनेताहरु सहभागी उक्त बैठकमा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने गरी छलफल भइरहेको छ ।
सिट बाँडफाँट गर्न गठित कार्यदलले दिएको सुझावसहित बैठकमा छलफल भइरहेको छ । कार्यदलले ८० प्रतिशत सिटमा सहमति जुटाएको दाबी गरिएको थियो भने । बाँकी २० प्रतिशत सिटमा देखिएको समस्या समाधान गर्न शीर्ष तहमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असोज २०७९, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी
बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता
राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने
माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै