डा. देवकोटाको काजक्रिया सात दिनमै सकिने , अन्त्येष्टि भोलि

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०७५, २० : १४
डा. देवकोटाको काजक्रिया सात दिनमै सकिने , अन्त्येष्टि भोलि

काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि मंगलबार गरिने भएको छ । सोमबार राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।
पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।
लामो समय बेलायतमा उपचार गरेर केही महिना अघि मात्र स्वदेश फर्किएका उनको न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
२०१० साल पुष ४ गते गोरखाको पण्डितगाउँ लिलिगमा जन्मिएका डा. देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिने अस्पतालले जनाएको छ ।
त्यसपछि उनको आर्यघाटमा विद्यतिय शवदाहगृहमा लगेर अन्त्येष्टि गरिनेछ । डा.देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस