पार्टीभित्र अन्तर्घात गर्नेलाई कार्वाही गर्ने देउवाको चेतावनी

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०७५, १९ : ५८
पार्टीभित्र  अन्तर्घात गर्नेलाई कार्वाही गर्ने देउवाको चेतावनी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
सोमबार चितवनको भरतपुरमा नेपाल दलित संघले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले पार्टी भित्रका अन्रघातीलाई कारवाही गर्दै अघि बढ्ने बताउनुभएको हो । उहाले पार्टीलाई एक ढिक्का बनाउन अन्तरघातीलाई कारबाही गर्नुको बिकल्प नरहेको बताउनुभयो ।
सभापति देउवाले निर्वाचनमा पार्टीले पराजय भोग्नुको मुख्य कारण पार्टीभित्रको अन्तरघात रहेको दावी गर्नुभउयो ।
यस्तै महामन्त्री डा. शशांक कोइरालाले कांग्रेुसको मुख्य चुनौती पार्टीभित्र भएको गुटबन्दी भएको बताउनुभएको छ । उहा“ले पार्टीभित्र एकता कसरी एक गर्ने भन्ने ठूलो प्रश्न चिन्ह खडा भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस