चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै पाटन अस्पतालमा नारावाजी

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०७५, १९ : १२
चिकित्सकको लापरबाहीले  बालकको मृत्यु भएको भन्दै पाटन अस्पतालमा नारावाजी

चिकित्सकको लापरबाहीले एक बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले ललितपुरको पाटन अस्पतालमा नारावाजी गरेका छन् ।
ललितपुर गोदावरी नगरपालीका छम्पी बस्ने १७ बर्षे क्रिष्टल देशारको उपचारका क्रममा मृत्यु भएपछि उनीका आफन्तले अस्पतालमा नारावाजी गर्दे उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाहीको माग समेत गरेका हुन् ।
अस्पतालभित्रै गएर नारावाजी गर्ने क्रममा प्रहरी र बिरामीका आफन्तबिच केहिवेर विवाद समेत भएको थियो । मृतक देशारलाई पेट दुखेपछि पटक पटक पाटन अस्पताल पुराईएको र पूर्ण जाच नगरि डिष्चार्ज गरिएको मृतकका आफन्तको आरोप छ । अन्तिम पटक अस्पताल पुराउदा चिकित्सकहरुले गम्भीर भएर चेकजाच नगरिएकाले बालकको मृत्यु भएको र अर्को पटक अरु विरामीलाई यस्तो समस्या नहोस भनेर चिकित्सकलाई कारवाही गर्न माग गरिएको मृतक बालकका मामा ज्ञानु खड्कीले बताउनुभयो ।
बालक मृत्यु प्रकरणमा  पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान पाटन अस्पतालले भने कुनै प्रतिक्रिया दिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस