काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका–२६ गोँगबुबाट हराएको मोटरसाइकलसहित रसुवा नौकुण्ड गाउँपालिका–३ घर भई काठमाडौँको टोखा बस्ने १९ वर्षीय विजय तामाङलाई शनिबार पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हराएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाएको अवस्थामा तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । हराएको वास्तविक नम्बर बागमती प्रदेश०२–०२८प ७७८५ भए पनि उक्त नम्बर परिवर्तन गरी बा९०प ९०९२ बनाएर चलाएको अनुसन्धानमा खुलेको छ ।
उक्त पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका–३ घर भई हाल काठमाडौँको हात्तीगौँडा बस्दै आएका पहलकुमार मगरको रहेको खुलेको छ । भदौ १८ गते हराएको मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी
मोटरसाइकल चोरीमा संलग्न ३ जना प्रहरीको नियन्त्रणमा
कीर्तिपुरको चोभार स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर र प्रिन्टर चोरी
नैकाप क्षेत्रमा शृङ्खलाबद्ध चोरी
मुस्ताङका १०३ च्यांग्रा चोरी गरी चितवन ल्याई बिक्री गरेको आरोपमा एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा