काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नागरिकता विद्येयक पारित नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपतिले लाखौँ नागरिकता लिन योग्य नागरिकहरुलाई पनि बञ्चित गराएको भन्दै आन्दोलन घोषणा गरेको हो ।
शुक्रबार बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो ।आन्दोलन अन्तर्गत असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिनुको साथै नागरिकताको अधिकार खोसेको विषय बारेमा माइकिङ गर्ने कार्यक्रम छ ।
त्यस्तै असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते पुतला दहनको कार्यक्रम राखिएको जनमत पार्टीले जनाएको छ ।
त्यस्तैगरी जनमत पार्टीले सत्ता गठबन्धनबाट किसानहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यको षड्यन्त्रमा रविलाई पक्राउ गरियो : सिके राउत
विश्वमै गणतन्त्र लोकप्रिय र उत्कृष्ट व्यवस्था सावित : डा राउत