काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ र नम्बर प्लेज राम्रोसँग नराख्ने ५० जना रहेका छन् ।
यस्तै २ हजार ६०२ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असोज २०७९, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व सांसदलाई पनि एमालेले गर्यो कारवाही
४३ वटा युट्युवलाई कारवाहीका लागि प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा