सवारी दुर्घटनामा दैनिक ५ को मृत्यु

पत्रपत्रिकाबाट

आइतबार, ०३ असार २०७५, ०८ : ०७
सवारी दुर्घटनामा दैनिक ५ को मृत्यु

काठमाडौं । मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/७५ वैशाख मसान्तसम्म २ हजार ९७ जनाको दुर्घटनामा मृत्यु भएको छ ।

९ हजार ५० वटा दुर्घटनामध्ये ६ हजार ९ सय ९२ वटा चालकको लापरबाहीले भएको प्रहरी तथ्यांकमा छ । हालसम्मको तथ्यांक विश्लेषण गर्ने हो भने, अघिल्लो वर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या एक प्रतिशतले घटेको छ । तर, दुर्घटना हुने प्रवृत्तिमा फरक आएको देखिँदैन ।आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस