कासमु कीर्ते गरेको ठहरमा सिलवाललाई कारवाही गर्न सर्वोच्चको आदेश

विहीबार, २८ मंसिर २०७४, १९ : १६
कासमु कीर्ते गरेको ठहरमा  सिलवाललाई कारवाही गर्न सर्वोच्चको आदेश

चितवन । सर्वोच्च अदालतले तत्कालीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) नवराज सिलवालले बढुवाका लागि सर्वोच्चमा पेस गरेको कागजात गलत रहेको ठहर गरेको छ ।

सर्वोच्चले लोकसेवा आयोग लगायतका निकायमा अति गोप्य रहने कार्यसम्पादन मूल्यांकन (कासमू) सिलवालले कसरी पाए भन्ने प्रश्न उठाइएको छ । अदालतले विवरण केरमेट गरी अदालतमा प्रस्तुत गरेको विषयमा पनि अनुसन्धान गरी कारबाही गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस