काठमाडौं । लमजुङ, म्याग्दी र दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध भएका छन् । लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित डुम्रे–बेसिशहर सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडस्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका विभिन्न स्थानमा भारी वर्षा
बेनी–जोमसोम सडक अवरुद्ध
वर्षाले कहाँ–कहाँका सडक अवरुद्ध ? (सूचीसहित)
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, झरीले पहिरो पन्छाउन समस्या