सकियो चोलेन्द्रशमशेरको बयान

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १५ : ४१
सकियो चोलेन्द्रशमशेरको बयान

काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान लिइ सकेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा राणाले अन्तिम बयान दिएका हुन् ।

समितिले राणालाई ४३ वटा प्रश्न सोधेको थियो । प्रश्नको जवाफमा राणाले आफ्नो बचाउ गरेका छन् । राणाले आफ्नो कुनै गल्ती नभएको देखाउँदै अरुको खोइरो खनेका थिए ।

राणाले आफ्नो बयान दिइसके पनि समितिले बयानमा प्रतिप्रश्न गर्न पुनः बोलाउने समिति सदस्य कृष्णभक्त पोखरेलले बताए । समितिले नेपाल बार एशोसियनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश लगायतलाई पनि बोलाउने निर्णय समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस