काठमाडौं । निटाभीका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटोर्सले दशैं र तिहारको लागि आकर्षक अफर ल्याएको छ। यस अफर अन्तर्गत ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्टमा ग्राहकले निटाभी खरिद गर्न सक्नेछन् ।
यस्तै अफरमा ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको आकर्षक स्किम पाउनेछन् । जसमा ६।६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत प्राप्त गर्न सकिने निश्चित गरिएको छ । यसैगरी ३ भाग्यशाली विजेताले लक्की ड्र मार्फत ७५ इन्चको टीभी, मेघौली सेराइमा होलिड टुर र ५५० लिटरको रेफ्रिजिरेटर उपहार पाउन सक्नेछन् ।
चिनियाँ उत्कृस्ट इभी निर्माता होजोन मोटर्सले उत्पादन गर्ने यो बिजुली गाडीको मूल्य ३७।९९ लाख रुपैयाँ तोकिए छ । यो अफर कार्तिक १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ भदौ २०७९, १४ : ४४
लेखकबाट थप