अभाव झेल्दै मानसिक अस्पताल

पत्रपत्रिकाबाट

शनिबार, ०२ असार २०७५, ०८ : ४९
अभाव झेल्दै मानसिक अस्पताल

काठमाडौं । मानसिक बिरामीका लागि देशको एक मात्रै रिफरल केन्द्रका रुपमा स्थापित पाटनस्थित मानसिक अस्पताल अभावका बीच चलिरहेको छ ।
अपुग जनशक्ति, साँघुरो भौतिक संरचना र कर्मचारी समन्वय अभावका कारण अस्पताल व्यवस्थित हुन नसकेको हो ।
दैनिक करिब डेढ सयको हाराहारीमा बिरामीको आगमन हुने अस्पतालमा अत्यन्तै नयून बेड छन् । आजको कान्तिपुरमा समाचार छ ।
'३५ बर्षअघि स्थापित सुरुवाती चरणमा जति कर्मचारी दरबन्दी थियो, अहिले पनि त्यति नै छ, बिरामीको चाप भने दिनप्रतिदिन बढ्दो छ ।' अस्पतालका सूचना अधिकारी डा. वासुदेव कार्की भन्छन्, 'आएजति बिरामीको उपचार उपचार गर्न सकिएको छैन, बिरामीको रेफरल केन्द्रमा आइपुगेपछि हामीले अन्त रेफर गर्न पनि मिलेन ।'

प्रतिक्रिया दिनुहोस