पोखरा । पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काएको छ ।
चोकलाई फराकिलो बनाउने उद्देश्यसहित चल्तीको चोक महेन्द्रका घर तथा सटरमा महानगरले बिहीबार डोजर लगाएको हो । त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई महानगरपालिकाले भदौ २२ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो ।
मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र नगरप्रहरीसहित गएको डोजरले घर तथा पसल भत्काउन सुरु गरेको हो । महेन्द्रपुलस्थित उक्त जग्गामा पोखरा सार्वजनिक पुस्तकालय, पोखरा आर्ट ग्यालरी र व्यक्तिका पसलहरु छन् ।
ती पसलहरुको भाडासमेत वर्षौदेखि महानगरपालिकाले पाएको छैन । जसलाई ठेक्कामा दिएको हो, ऊ पनि महानगरपालिको सम्पर्कमा नभएको बताइएको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अवैध संरचना भत्काउन डोजर अभियानै चलाउँदा त्यसको दबाब देशैभरका पालिका प्रमुखहरुलाई पनि परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरेन्द्रनगरको हङकङ बजारमा नगरपालिकाको डोजर, व्यवसायीले गरे ढुंगामुढा
सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर