काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।
बुधबार बसेको कार्यदलको बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएको सहमति र असहमतिसहितको प्रतिवेदन तयार गरेको थियो। आज सोही प्रतिवेदनलाई कार्यदलले अन्तिम रूप दिँदै छ। बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी रहेको छ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेका कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्।
यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश केन्द्रित गठीत कार्यदलकाे बैठक बस्दै
मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्यो कार्यदल गठन
आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव
गण्डकी गाउँपालिकामा विषादी प्रयोगको अवस्था बुझ्न कृषि मन्त्री अधिकारीले गठन गरे कार्यदल
सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउदै
संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै