संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, ०७ : १४
संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्दै छ । 

आज बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालय बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन् । 

कार्यदलमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रित गर्ने गरि गत सोमबारको बैठक सकिएको थियो । 

कार्यदलले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास गरिरहेको छ । कार्यदलले सहमति गरेपछि सो प्रतिवेदन शिर्ष नेताहरुलाई बुझाउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस