सत्तापक्षकै सांसद विरोधमा उत्रिएपछि...

पत्रपत्रिकाबाट

शुक्रबार, ०१ असार २०७५, ०९ : ००
सत्तापक्षकै सांसद विरोधमा उत्रिएपछि...

आफ्नो निर्वाचन क्षेत्रमा प्रस्ताव गरेको योजनामा बजेट नछुट्याएको भन्दै सत्तापक्षकै सांसदहरुले मन्त्रीविरुद्ध आपत्तिजक शब्द प्रयोग गर्न थालेका छन् । उनीहरुले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिब्यक्ति दिएका छन् ।

सत्तापक्षकै सांसद मन्त्रीविरुद्ध एभिएपछि संसद् सचिवालयले शुक्रबारका लागि निर्धारित बैठक आइतबारलाई सारेको छ । शुक्रबार महिला बालबालिका, संघीय मामिला, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको थियो । विहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र अर्थ मन्त्रालयको बजेटमाथि छलफलमा सत्तापक्षका सांसदहरुले मन्त्रैका चर्को विरोध गरेका छन् ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस