काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट अर्बपति बिनोद चौधरीको नाम सिफारिस गरेको छ । चौधरीसहित कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम उम्मेदवारका सिफारिस गरेको हो ।
देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलाको नाम सिफारिस गरिएको कांग्रेस नवलपरासीले जानकारी दिएको छ । यसैगरी क्षेत्र नम्बर २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको नाम सर्वसम्मत सिफारिस भएको छ ।
प्रदेश सभा सदस्यतर्फ १ (क) बाट विश्व प्रेम पाठक र (ख) मा मुकुल आचार्य छनोट भएका छन् । क्षेत्र नम्बर २ (क) मा मोहन शर्मा र (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरीको नाम सिफारिस गरिएको काँग्रेस नवलपरासीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी