काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुभाष नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गरेका छन् । सत्तारुढ गठबन्धन आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराईरहेको उनको भनाइ थियो ।
पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलहरुकै कारण मंसीर ४ गते नै सो निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटकपटक दोहो¥याउ ।
उपाध्यक्ष नेम्वाङले निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दावी गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
उनले भने, ‘सरकार चुनावदेखि डराइरहेको छ । चुनाव घोषणा गरेपछि सरकार साह्रै ठूलो त्रासमा छ । चुनाव हुन्छ भन्ने ढुक्क छैन । स्थानीय तहका चुनाव पनि आफ्नो पार्टीको दवावमा मात्रै सरकारले गरेको हो । आफूलाई लोकतान्त्रिक हुँ भन्ने काँग्रेस नेतृत्वको सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न त्रसित छ ।’
उपाध्यक्ष नेम्वाङले सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको आरोप लगाए । उनले निर्वाचनमा गएपछि जनताले आफ्नो पार्टीको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, १९ : २६
लेखकबाट थप