काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारी नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १५ : ४२
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारी  नियुक्त

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारी  नियुक्त भएका छन्। सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई  प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका हुन्।  

 अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका प्रवक्ता समेत रहेका  थिए। मन्त्री श्रेष्ठले १० जना सहसचिवहरुको सरुवा गर्दा अधिकारी  काठमाडौं महानगरमा सरुवा भएका हुन्। दुई वर्ष मन्त्रालयको प्रवक्ता रहेका अधिकारी महानगरमा बुधबारबाट हाजिर हुनेछन्।

 काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन्।

प्रतिक्रिया दिनुहोस