हिमालयन क्यापिटल र नेपाल वेयरहाउजिङ्ग कम्पनीबीच सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १५ : ००
हिमालयन क्यापिटल र नेपाल वेयरहाउजिङ्ग कम्पनीबीच सम्झौता

काठमाडौं । नेपाली बजारमा पुँजीको विकासका निम्ति नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्ने क्रममा रहेको हिमालयन क्यापिटल लिमिटेडले नेपालमै पहिलो पटक  कित्ता शेयर सर्वसाधारणहरुका लागि सार्वजनिक निष्काशन हेतु निष्कासन तथा बिक्रि प्रबन्धक सेवा सम्बन्धमा सम्झौता गरेको छ ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्कासन कम्पनी  नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकुल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दिर्घकालिन खाद्य सुरक्षामा योगदान हेतु अग्रसर रहेको नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आईरहेका प्रख्यात व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ । कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५,००० मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुबिधा प्रदान गर्नेछ । साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्ग गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस