काठमाडौँ । संसद्मा महाअभियोग प्रस्ताव दर्ता भई निलम्बित रहेका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएका जवाफबाट आफू दंग भएको नेकपा एमालेका संसदीय दलका उपनेता सुवासकुमार नेम्वाङले बताएका छन्।
प्रधान न्यायाधीश राणा बुधबार र बिहीबार महाअभियोग सिफारिस समितिमा अदालत, न्यायाधीशहरु, बारका तत्कालीन पदाधिकारीहरु, संसदलगायत सबैतिर खनिएका थिए।
उपनेता नेम्वाङले राणाका जवाफप्रति इंगित गर्दै भने- ‘उहाँका अभिव्यक्तिबाट हामी दंग छौँ।’समितिमा सोधपुछका क्रममा प्रधान न्यायाधीश राणाले महाअभियोग राजनीतिक उद्देश्यले ल्याएको बताएका थिए। उपनेता नेम्वाङले पनि आफूले पटकपटक प्रधान न्यायाधीश राणामाथिको महाअभियोग पारित गर्ने उद्देश्यले भन्दा राजनीतिक उद्देश्यले ल्याएको बताएको स्मरण पनि गरे।
उपनेता नेम्वाङले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालमाथिको मुद्दा अगाडि बढाउनुपर्छ भन्ने आवाज बाहिर आउँदा प्रधान न्यायाधीश राणामाथि महाअभियोग अगाडि बढाइएको दाबी गरे। चोलेन्द्रशमशेर राणाले सिफारिस समितिमा गठबन्धन सरकारले आफूमाथि प्रतिशोध साधेको जवाफ दिएका थिए।
नेम्वाङले गत असार २८ गतेको परमादेशमा दलीय ह्वीप नलाग्ने उल्लेख भएकामा संसदीय मान्यताको आधारभूत मान्यता विपरीत चलखेल भएको बताए।‘न्यायाधीशहरुले प्रभावित भएर चलखेल गरेको हामीले भन्दै आएका थियौँ,’ नेम्वाङले भने, ‘प्रधान न्यायाधीश राणाले पनि यही दोहोर्याउनुभयो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्यासलमा सुवास नेम्वाङको पहिलो स्मृति सभा
एक वर्षमा सुवास नेम्वाङलाई सम्झने कयौं क्षण आए : प्रधानमन्त्री ओली