स्थानीय तहले एक वर्षमा सोचे अनुरुप काम गर्न नसक्नुको दोष केन्द्र सरकारलाई दिँदै जनप्रतिनिधि उम्किन खोजिरहेका छन् ।
स्थानीय तहको निर्वाचनताका ठूलाठूला आश्वास दिएर जनताको अपेक्षा ह्वात्तै बढाएका जनप्रतिनिधिले त्यस दिशामा काम अघि नबढेको र बढ्ने संकेत पनि नदेखिएको स्थितिमा केन्द्र सरकारलाई दोष दि“दै उम्किन खोजेका हुन् ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा सोचेअनुरुप काम गर्न नसकेको सार्वजनिक रुपमा स्वीकार गर्दै आउनुभएको छ ।
‘निर्वाचित भएको केही दिनमै मन्त्रालयले जनप्रतिनिधिले महानगरपालिकको २ रुपिया“ नै खर्च गर्न नसक्ने गरी आदेश पठाइयो’ –महानगरपालिकाले आयोजना गरेको पुरस्कार वितरण समारोहमा प्रमुख महर्जनले भन्नुभयो । प्रमुख महर्जनले अर्को समारोहमा कर्मचारीले खासै सहयोग नगरेको र सहयोग गर्न सक्ने योग्य कर्मचारी नभएको पनि दाबी गर्नुभयो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ३१ जेठ २०७५, ०७ : ५९
लेखकबाट थप