सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठक जारी

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १२ : ५२
सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठक जारी

काठमाडौँ । महाभियोग सिफारिस समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । बिहान ११ बजे बोलाइएको बैठक केहीबेर अघिबाट मात्रै सुरु भएको हो । 

आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने तयारी छ । जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे वयान दिनको लागि निर्धारित समयमै सिंहदरबार पुगिसकेका छन् । तर, सिफारिस समितिका सदस्यहरु आन्तरिक छलफलमा रहँदा उनी बैठकमा सहभागी हुन पाएका छैनन् । उनी अहिले संसदका महासचिवको कार्यकक्षमा बसिरहेका छन् । 

जबराले सफारिस समितिमा महाअभियोग लगाउँदा सत्तारुढ दलका ९७ जना सांसदहरुले लगाएको २१ बुँदे आरोपको कै जवाफ दिनुपर्नेछ। स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको नेतृत्व र जगेर्ना गर्न नसकेको तथा न्यायपालिकामा विकृति, विसंगती, भ्रष्टाचार, विचौलियाले प्रवेश पाएकोदेखि लिएर प्रधानन्यायाधीशको पदमा रहेर कार्यकापालिकासँग भागवण्डा लागि सौदाबाजी गरेको उनीमाथि गम्भीर आरोप छ । 

प्रतिक्रिया दिनुहोस