बलात्कार मुद्दाका प्रतिवादी पक्राउ

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १० : ५८
बलात्कार मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । बलात्कार मुद्दामा ६ वर्ष कैद सजायको फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका–१६ बस्ने अनिल प्रसाद चौरसिया छन् । 

मंगलबार वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले प्रतिवादीलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । २०७६ असार १२ मा उच्च अदालत जनकपुरले चौरसियालाई ६ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला गरेको थियो । 

प्रतिवादीलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागी जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।