दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक सडकको बीच भागमै पल्टिएको हो ।
ट्रक पल्टिएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा सडकमा सवारीसाधनको लाइन लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । वैकल्पिक मार्गबाट सवारीसाधनलाई वारपार गराउने काम भइरहेको प्रहरीले जनाएको छ । क्रेनको सहायताबाट ट्रकलाई हटाएपछि मात्र पूर्णरूपमा राजमार्गमा सञ्चालन आउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
उत्तर–दक्षिण कोशी राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन
पहिरो खसेपछि फेरि रोकियो मेची राजमार्गको मर्मतसम्भार
अझै अवरुद्ध यी मुख्य राजमार्ग (सूचीसहित)
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध