काठमाडौं । चालू आर्थिक वर्ष २०७९ र ८० को पहिलो महिनामा नेपालले विदेशबाट १ करोड ३३ लाख रुपैयाँको मह आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार विदेशबाट ५ लाख ८० हजार किलोग्राम मह भित्रिएको हो ।
आयातकर्ताले विदेशबाट मह ल्याए बापत राज्यलाई ३४ लाख रुपैयाँ बराबरको राजस्व बुझाएको विभागले जनाएको छ । नेपालमा आयात हुने मह सबै भारतबाट आउने गरेको विभागले जनाएको छ ।
यस अवधिमा भारतबाहेक अस्ट्रेलियाबाट १ किलोग्राम मह समेत आएको छ । बाँकी सबै आयात भारतबाट आएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बिहीबारदेखि ‘मह उत्सव’
मह बेचेर एक याममा १२ लाख आर्जन
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
चितवनमा मह नबिक्दा किसानको मनै ‘अमिलो’ !
मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो
काठमाडौंमा आजदेखि मह मेला