काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ। आज बिहान नेपाल निवास कोटेश्वरमा दुई नेताबीच छलफल भएको हो।
चुनावी घोषणा पत्र निर्माण र एकता संयोजन समितिमा रहने नेताहरुबारे छलफल भएको स्रोतले जनाएको छ। मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एउटै घोषणा पत्र लिएर जान एकीकृत समाजवादी र माओवादीबीच सहमति जुटेको छ।
‘उहाँहरुबीच एकता संयोजन समिति निर्माण र चुनावी घोषणापत्र बनाउने विषयमा छलफल भएको हो,’ स्रोतले भन्यो, ‘दुई नेताभेटेपछि पछिल्लो राजनीतिकोबारेमा छलफल त हुने नै भयो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल