काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली काँग्रेसका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जाने भएका छन् । संसदबाट पास भइआएको नागरिकता विद्येयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचार गरियोस् भनि फिर्ता पठाएपछि अहिले सरकार र राष्ट्रपतिबीच टकराव सृजना भएको छ ।
राष्ट्रपतिसँगको भेटमा काँग्रेस पदाधिकारीले सोही विषयमा छलफल गर्ने जनाइएको छ । प्रधानमन्त्रीसहित काँग्रेसका पदाधिकारीहरु शीतलनिवास आउन लागेको राष्ट्रपतिका प्रेस संयोजक टीक ढकालले जानकारी दिएका छन् ।
ढकालका अनुसार प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टी महामन्त्री गगन थापा शीतलनिवास जाने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोदावरीमा कांग्रेस पदाधिकारी बैठक
काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी