चितवनलाई मेडिकल सिटि बनाउन सरोकारवाला सकारात्मक

बुधबार, ३० जेठ २०७५, २० : ०५
चितवनलाई मेडिकल सिटि बनाउन सरोकारवाला सकारात्मक

चितवन । गुरुयोजना निर्माण गरि चितवनलाई मेडिकल सिटि बनाउने विषयमा सरोकारवालाहरु सकारात्मक देखिएका छन् ।
स्वास्थ्यकर्मी सघंले बुधबार भरतपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चितवनका स्वास्थ्यकर्मीहरुले चितवनलाई मेडिकल सिटिका रुपमा विकास गर्न चाहिने न्युनम पुर्वधार विकासका विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री ,नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष एवं चितवन क्षेत्र नंं ३ का प्रतिनिधसभा सदस्य पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको महानगरको गुरुयोजनासगँ जोडेर चितवनलाई मेडिकल सिटिको रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो । चितवनलाई मेडिकल सिटिको रुपमा विकास गर्न आवश्यक स्वास्थ्य समिति गठन गर्ने विषयमा आफ्नो तर्फबाट पुरै सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
चितवन क्षेत्र नं.का सांसद समेत रहनु भएका प्रचण्डले मेयरको नेतत्वमा स्वास्थ्य समिति गठन गरि चितवनलाई मेडिकल सिटिको रुपमा विकास गर्न अघि बढ्न सुझाव दिनुभयो ।
स्वास्थ्य क्षेत्रको विकासको निम्ति विज्ञहरुको निर्देशन समिति केन्द्रिय तहमा पनि आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि आवश्यकता पर्ने आधिकारिकता र वैद्यानिकतालागि छलफल चलिरहेको जानकारी दिनुभयो । सैद्धान्तीक सहमति पनि गराएको छ ,उहाँले भन्नुभयो ,“भरतपुरमा मात्र नभई केन्द्रिय तहमा पनि एउटा निर्देशक समिति बन्नुपर्नेमा जोड दिनुभयो ।

काम योजनावद्ध रुपमा सुरु गरि निरन्तर अनुगमन ,परिस्कृत गर्ने ,परिमार्जन गर्ने र कार्यन्वन गर्ने जान चितवनका स्वास्थ्यकर्मीहरुलाई उहाँको सुझाव थियो । चितवनलाई मेडिकसिटि बनाउन आफुले सक्दो पहल गर्ने प्रचण्डको उद्घोष थियो ।
कार्यक्रममा बोल्दै चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेलले चितवनलाई देशको राजधानी ,प्रदेश राजधानी बनाउन नसकिएपनि मेडिकल सिटि र आर्थिक राजधानी बनाउन सकिने विचार व्यक्त गर्नुभयो । त्यसका लागि भरतपुर सबै विषयमा योग्य रहेको उहाँको भनाई थियो । 
मेडिकल सिटि बनाउने विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल अनुसन्धान परिषदका उपाध्यक्ष डा भोजराज अधिकारीले मेडिकल सिटिको रुपमा चितवनलाई विकास गर्नुपर्ने भनिए पनि कस्तो मोडालिटिमा विकास गर्ने हो भन्ने ठोस योजना र खाका बन्न नसकेको बताउनुभयो । २ वटा मेडिकल कलेज , क्षेत्रीय स्तरको भरतपुर अस्पताल ,क्यान्सर अस्पताल र २५ भन्दा सुविधासम्पन्न प्राईभेट हस्पिटल भएपनि मेडिकल सिटिको आधार खडा गर्न नसक्दा मेडिकल सिटि बनाउने काम शुरु नभएको उहाँको भनाई थियो । कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रबिन खड्का ,विपि कोईरला मेमोरियल क्यान्सर अस्पतालका निर्देश विजयचन्द्र आर्चायले भरतपुरको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी गराउनु भएको थियो ।

 
 

प्रतिक्रिया दिनुहोस