८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य पुरा हुन्छ : गभर्नर नेपाल

बुधबार, ३० जेठ २०७५, १५ : ४२
८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य पुरा हुन्छ  : गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष भित्र सरकारको लक्ष्य अनुसार नै आर्थिक वृद्धि हुने बताएका छन् ।

गभर्नर नेपालले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य आगामी आर्थिक वर्षमा पूरा हुने विश्वास व्यक्त गरेका हुन् । उनले  स्थायी सरकार नै आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउने मुख्य आधार भएको पनि स्मरण गराए ।

 त्यसैगरी प्रदेश र स्थानीय तहमा पनि आर्थिक गतिविधि बढने भएकाले मुलुकको आर्थिक वृद्धिदर बढोत्तरी हुँदै जाने गभर्नर नेपालको तर्क छ । उनले विगतमा विद्युत आपूर्ति नहुँदा समेत आर्थिक वृद्धिदर सात प्रतिशतसम्म पुगेको उल्लेख गर्दै अव आथिक वृद्धिदर बढाउन आवश्यक वातावरण बन्दै गएको पनि स्पष्ट पारे ।

गभर्नर नेपालले आर्थिक वृद्धिदर हासिल हुनेगरी बजेट खर्च हुने आधारको रुपमा प्रदेश र स्थानीय सरकार रहेको पनि बताए ।  प्रदेश र स्थानीय तहमा आर्थिक गतिविधिको अत्याधिक माग भएकाले पनि पूँजीगत खर्च बढाउन समस्या नहुने गभर्नर नेपालको दावी छ ।

प्रतिक्रिया दिनुहोस