प्रेस युनियनले स्थापना गर्यो ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, ०९ : १०
प्रेस युनियनले स्थापना गर्यो ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’

ललितपुर । नेपाल प्रेस युनियन ललितपुर शाखाले यसका संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको स्मृतिमा बटुककृष्ण कार्की स्मृ‘ति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा पुर्‍याएको योगदानको कदर गर्दै प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाएर काम गर्ने एक पत्रकारलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गरिएको ललितपुर शाखाका अध्यक्ष केदारनाथ दाहालले बताए ।

उनले पुरस्कारको राशि रु २५ हजार र सम्मानपत्र हुने जनाए । सो कार्यलाई निरन्तरता दिन रु ११ लाख ११ हजार एक सय ११ को अक्षयकोष स्थापना गर्ने जनाइएको छ । शाखा स्थापना हुँदाका संस्थापक अध्यक्ष कार्की निरन्तर तीन कार्यकाल शाखा सभापति भएका थिए ।

प्रतिक्रिया दिनुहोस