काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनाल इलाम-१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन्।
आगमी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम-२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ।
प्रदेशसभा निर्वाचनका लागि प्रदेश-१ को क र खका लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ।
यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतलाई भने क्षेत्र नम्बर-२ क र खका लागि नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘टिके प्रथा’ सदाका लागि अन्त्य हुनुपर्छ : झलनाथ खनाल
छापिएको विधानप्रति झलनाथ खनालको असन्तुष्टि
पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कनु नैतिक प्रश्न : झलनाथ खनाल
देश अगाडि होइन, झन् पछाडि पर्न थाल्यो : झलनाथ खनाल
समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव