काठमाडौं । लामखुट्टेले तपाईंलाई दिउँसै टोकेको छ ? लामखुट्टे पनि एडिस एजेप्टी र एडिस एल्बोपिक्टस प्रजातिको हो कि ? यसो हो भने सतर्क रहनुहोस् ! डेंगु हुन सक्छ।
काठमाडौं क्षेत्रपाटीकी रमिता लामालाई साँझपख एक्कासि ज्वरो आयो। वाकवाकी लाग्यो। थकान महसुस भयो। त्यसपछि जँचाउन जाँदा डेंगु संक्रमण भएको पुष्टि भयो। तँग्रिंदै गरेकी लामा भन्छिन्, ‘साह्रै कमजोर भइँदो रहेछ।’
डेंगुबाट जोगिन दुई प्रजातिको लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। तर, डेंगु संक्रमण भई एक्कासी ज्वरो आएर उपचार गर्न अस्पताल पुग्नेहरू बढ्दै गएको चिकित्सक बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिट संयोजक डा। शेरबहादुर पुनका अनुसार दैनिक औसत ५० जनाभन्दा बढी व्यक्तिमा डेंगु पुष्टि हुने गरेको बताउँछन्।
‘डेंगुको संक्रमणले काठमाडौं उपत्यकालाई पिरोलिसकेको छ। संक्रमण भएपछि मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामीको संख्या बढ्दो छ’, डा। पुन भन्छन्, ‘कोही टाउको, मांसपेशी तथा जोर्नी दुखेको सुनाउँछन्। कोही वाकवाकी लाग्ने वा बान्ता हुने गरेको बताउँछन्।’
संक्रमितलाई एडिस एजेप्टी र एल्बोपिक्टस प्रजातिको लामखुट्टेले टोकेर अर्को व्यक्तिमा भाइरस सारी महामारी निम्त्याउने जोखिम रहेको विज्ञहरू बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनीका अनुसार काठमाडौं उपत्यकामा डेंगुले महामारीको रूप लिने सम्भावना उच्च देखिएको छ। ‘घर–घरमा डेंगुका संक्रमित फेला पर्न थालेका छन्’, डा। मरासिनी भन्छन्, ‘संक्रमण फैलिसकेको छ। ढुक्क भई बस्ने अवस्था देखिएको छैन। तर, सरकारी गम्भीरता छैन।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु
देशभर २८ हजार डेंगु सङ्क्रमित, मृतक संख्या १२ पुग्यो
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
देशभर १९ हजार बढी व्यक्तिमा डेंगु संक्रमण
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो