फिल्म ‘बुलाकी’ को प्रदर्शन मिति हेरफेर

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ११ : ५५
फिल्म ‘बुलाकी’ को प्रदर्शन मिति हेरफेर

काठमाडौं । फिल्म ‘बुलाकी’ को प्रदर्शन मिति हेरफेर भएको छ । मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरी मिति परिवर्तन गरिएको हो । केही महिनाअघि नै कात्तिक १८ गते प्रदर्शन गर्ने घोषणा गरिएको फिल्म अब आगामी फागुन १९ गते प्रर्दशन हुने निमाण पक्षले जनाएको छ ।

लक्ष्मण सुनारले निर्देशन गरेको फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । यस फिल्मले कर्णाली भेगको जनजीवन,रितिथिति तथा संस्कृति समेटिएको छ । फिल्ममा नरेन्द्र खड्का, सुरक्षा पन्त र विराज विष्टको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको पनि अभिनय रहेको छ ।

फिल्म स्व.मोती विष्टको प्रस्तुति रहेको छ । छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ मा शिब ढकालको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस