नेपाल बन्द गराउन सडकमा निस्केका १८ जना काठमाडौंबाट पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, ०८ : ०८
नेपाल बन्द गराउन सडकमा निस्केका १८ जना काठमाडौंबाट पक्राउ

flle Pic

काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो । 

मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले  बताए । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । 

प्रतिक्रिया दिनुहोस