नेपाल बन्दका कारण  देशभरका विद्यालय तथा कलेजहरुको पठनपाठन प्रभावित

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, ०७ : ५४
नेपाल बन्दका कारण  देशभरका विद्यालय तथा कलेजहरुको पठनपाठन प्रभावित

काठमाडौं । विप्लव नेतृत्वको नेकपासहितका चार पार्टीले गरेको नेपाल बन्दका कारण उपत्यकाका विद्यालय तथा कलेजहरुको पठनपाठन प्रभावित भएका छन् । 

कतिपय विद्यार्थीहरु विहानै कलेज पुग्दा बन्द भन्दै फिर्ता भएका थिए भने केहीमा भने पठन पाठन भएका छन् ।  यस्तै स्कुलहरुले पनि धमाधम अभिभावकहरुलाई ‘विशेष परिस्थिति’ भन्दै विद्यालय बन्द रहने सूचना पठाएका छन् । 

गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लव सहितका नेताहरूमाथि भएको पक्राउ पुर्जी लगायतको विरोधमा मंगलबार बन्द आह्वान भएको हो ।

प्रतिक्रिया दिनुहोस