केन्या जाने नेपाली क्रिकेट टोलीको बिदाइ

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १५ : ०५
केन्या जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय तथा एक दिवसीय सिरिजका लागि केन्या जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेको हो । क्यानका अनुसार नेपाली टोली दिउँसो ४ बजेको फ्लाइटमार्फत केन्या प्रस्थान गर्नेछ । नेपालले केन्यामा २५ अगस्ट देखि ५ सेप्टेम्बरसम्म पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय र तीन  खेलको एक दिवसीय सिरिज खेल्नेछ । सबै खेल नैरोवीस्थित जीमखाना मैदानमा नेपाली समयअनुसार दिउसो पौने १२ बजे सुरु हुनेछ 

सार्वजनिक तालिका अनुसार नेपालले पहिला टी–२० सिरिज खेल्नेछ । टी–२० सिरिज अगस्ट २५,२६ २८, २९ र ३० मा हुनेछ । यस्तै, एक दिवसीय सिरिज सेप्टेम्बर २,३ र ५ मा हुनेछ । नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकारले यही सिरिजमार्फत औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नेछन् । क्यानले भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस