प्यूठानको भ्यान दुर्घटना, ८ जना घाइते

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १४ : २३
प्यूठानको भ्यान दुर्घटना, ८ जना घाइते

काठमाडौं । प्यूठानको सरुमारानी गाउँपालिकाको कुडुलेमा भ्यान दुर्घटना भएको छ । दाङको भालुवाङबाट प्यूठानको बाग्दुला आउँदै गरेको लु २ ख ३५६९ नम्बरको भ्यान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार घाइते ८ जनालाई उपचारका लागि दर्भान लगिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस