नेकाे इन्स्याेरेन्सले शुरु गर्यो कृषि बीमा अभियान

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, ११ : ४६
नेकाे इन्स्याेरेन्सले शुरु गर्यो कृषि बीमा अभियान

काठमाडौं । नेको इन्स्योरेन्ससले कृषकहरुलाई कृषि सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७९/८० नेकोको अभियान : कृषिमा योगदान भन्ने नाराका साथ कृषि बीमा योजना लिएर कृषकहरुको घरदैलोमा पुग्ने भएको छ ।

विशेष गरी साना किसानहरु जसले सानो खेती, थोरै पशुधनबाट आफनो जीविकोपार्जन गरी रहेकाहरुको कुनै दैवीप्रकोप वा रोगबाट खेती वा पशुधनको नोक्सानी भएमा क्षतिपूर्ति दिने उद्देश्यले यो अभियान प्रारम्भ गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए ।यसै सिलसिलामा कम्पनीले कृषकहरुलाई आधुनिक खेती गर्ने तरिका, वित्तीय सहायता पाउने तरिका, बजारीकरण लगायत ड्रागन फ्रुट (सिउँडी फल) र एलोवेरा (घ्यूकुमारी) खेतीबाट आम्दानी गर्ने तरिका सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत शुक्रबार सिरहा जिल्लाको धनगढीमाई नगरापलिकामा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा औरही गाउँपालिका र सुखीपुर नगरपालिका समेतका करिब २०० जना कृषकहरुको सहभागीता रहेको थियो ।

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का लगायतका विज्ञहरुले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरुले तालिमबाट खेती गर्ने नयाँ तरिका लगायत आफनो मिहेनतबाट आम्दानी गरी आत्मनिर्भर हुुन सक्ने सीपको वारेमा जानकारी पाएको बताए ।

प्रतिक्रिया दिनुहोस