महालक्ष्मी विकास बैंकद्धारा तीज विशेष“नारी सम्मान अभियान”सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, ११ : ४४
महालक्ष्मी विकास बैंकद्धारा तीज विशेष“नारी सम्मान अभियान”सार्वजनिक

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपालीजनताको घरदैलोमाविगत २८वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवाप्रदानगर्दै आईरहेको महालक्ष्मीविकास बैंकलेहरितालिकातीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मानअभियान”सार्वजनिक गरेको छ ।

भदौं महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएमकार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ । विगत देखिनै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहि आएको यस बैंकले नारीहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाताखोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकीप्रदेशमा ९, लुम्बिनीप्रदेशमा १८, कर्णालीप्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १७वटा गरी कुल १०३ वटाशाखाहरु मार्फत करिब ६ लाखगहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस