टि–२० एशिया कप छनोटमा कुवेतकाे जित

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, ११ : ३२
टि–२० एशिया कप छनोटमा कुवेतकाे जित

काठमाडौं । ओमानमा जारी टि–२० एसिया कप छनोटमा युएईलाई १ विकेटले पराजित गर्दै कुवेतले रोमाञ्चक जित निकालेको छ । पहिलो पटक कुवेतसँग पराजित भएको युएईलाई अब शीर्ष स्थानमा रहेर भारत र पाकिस्तानसँग एशिया कप खेल्ने सम्भावना कठिन बनेको छ । युएईले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको कुवेतलले अन्तिम बल बाँकी छँदै ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

कुवेतको जितमा ओपनर रबीजा संदारूवानले सर्वाधिक ३४ रन बनाउँदा मिट भास्वरले २७ रन बनाउँदा एडसन सिल्भाले १४ बलमा २५ रन जोडेका हुन् । युएईका बासिल हमीदले सर्वाधिक ३ विकेट लिँदा रोहन मुस्ताफा, जुनाइद सिद्धिकि, अहमद राजा र जाहुर खानले समान १–१ विकेट लिएका छन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७३ रन बनाएकाे छ ।कुवेतका मोहम्मद शफिक, सैद मोनिब र शिराज खानले १–१ विकेट लिएका हुन् । युएई, कुवेत, हङकङ र सिंगापुर सम्मिलित खेलको शीर्ष स्थानमा रहने टोलीले एशिया कप खेल्ने छन् ।

यसअघि पहिलो खेलमा हङकङले सिंगापुरलाई ८ रनले पराजित गरेकाे थियो । साेमबारको खेलमा युएई र सिंगापुरबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस