नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, ११ : २६
नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पीएसटीएन टू एफटीटीएच पूर्ण माइग्रेसन सफल भएको छ । त्यस्तै करादीबजारबाट पनि एफटीटीएच सेवा सुचारु भएको छ । जसले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् । 

पीएसटीएन टू एफटीटीएच पूर्ण माइग्रेसन हुँदा आफूले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । उनका अनुसार नेपाल टेलिकमले ग्रामीण भेगको दूरदराजदेखि शहरसम्मकै सेवामा कुनै गुनासो नआउने गरी उपभोक्तालाई प्रविधिसँग नजिक बनाउने योजना लिएको बताए । 

गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले नेपाल टेलिकमले प्रदान गरेको सेवाले नगरबासी सन्तुष्ट रहेको जानकारी दिँदै एफटीटीएच पूर्ण माइग्रेसनले शहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने बताए । त्यसैगरी नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले एफटीटीएच सेवाको क्रमिक विस्तारले आम उपभोक्ताको जनजीवन विकसित बन्दै गएको बताउँदै अन्य प्राइभेट अपरेटरले विस्तारको गरेको सेवासँग नेपाल टेलिकमको सेवालाई तुलना गर्न नहुने बताए । 

प्रतिक्रिया दिनुहोस