सिटीले आफूलाई प्रमाणित गरेको छः ग्वार्डिओला

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, ११ : १७
सिटीले आफूलाई प्रमाणित गरेको छः ग्वार्डिओला

काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा घरेलु टोली न्युकासल युनाइटेडसँग ३–३ को बराबरीमा रोकिए पनि टोलीले आफुलाई प्रमाणित गरेको बताएका छन् । सेन्ट जेम्स पार्कमा सिटीका लागि इल्के गुनडागन, इर्लिङ हालान्ड र बेर्नार्डोे सिल्भाले गोल गर्दा घरेलु टोलीका लागि मिगुएल अल्मिरोन,कलुम विल्सनर केइरन ट्रिपियरले गोल गरे । 

गुन्डागनको गोलमार्फत सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि अल्मिरोना, विल्सन र ट्रिपियरले गोल गर्दै घरेलु टोलीलाई ३–१ ले अगाडी बढाए । दुई गोललेपछि परेको अवस्थामा हालान्ड र सिल्भाले गोल गरेपछि सिटी सिजनको पहिलो हार बेहोर्नबाट जोगिएको थियो । यसअघि सिटीले वेस्टह्यामलाई २–० ले बर्नमाउथलाई ४–० ले पराजित गरेको थियो ।

‘टोलीले आज आफ्नो क्षमता प्रमाणित गरेको छ’,ग्वार्डिओलाले भने,‘हामीले राम्रो सुरुवात गरेका हौ तर पनि टोलीले आफ्नो लय गुमायो । दोस्रो हाफमा टोलीले आफ्नो लय समात्दै हार टार्न सफल भयो ।’‘हामी दुई गोलले पछि परिसकेका थियौ, जसले हाम्रो जितको सम्भावना न्युन बनाइसकेको थियो,’ग्वार्डिओलाले थपे,‘न्युकासल पछिल्लो दिनमा कठिन प्रतिद्धन्द्धी बन्दै आइरहेको छ । लिड्सले पनि चेल्सीमाथि सहज जित निकाल्यो । यसले प्रिमियर लिगमा कुनै पनि प्रतिद्वन्द्वी सहज छैनन् भन्ने पुष्टि गरेको छ । हामीले पछिल्लो पाँच वर्ष स्वभाविक लय कायम राख्दै आइरहेका छौ । जसले हाम्रो उत्कृष्ट लयलाई थप प्रमाणित गर्छ ।’ 

प्रतिक्रिया दिनुहोस