रिको योगदान स्मरणीय रहने छ : सभामुख सापकोटा

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १७ : १७
रिको योगदान स्मरणीय रहने छ : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरिको योगदान सदा स्मरणीय रहने बताएका छन् । आज दिउँसो सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर दिवंगत गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका सभामुख सापकोटाले ट्वीट गर्दै  सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल गिरिको योगदान सदा स्मरणीय रहने बताएका हुन् । 

सभामुख सापकोटाको ट्वीटमा भनिएको छ ‘सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल माननीय सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ। दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवार एवं आफन्तमा गहिरो समवेदना । नेपाली समाजमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।’

प्रतिक्रिया दिनुहोस