बालेन र काठमाडौं उपत्यका प्रहरी प्रमुख धानुकबीच छलफल

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १७ : ०६
बालेन र काठमाडौं उपत्यका प्रहरी प्रमुख धानुकबीच छलफल

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुक र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । धानुक र बालेनबीच राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भेटघाट तथा छलफल भएको हो ।

छलफलमा ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरी सहभागी थिइन् ।उनीहरूबीच काठमाडौं उपत्यकामा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ । 

ट्राफिक व्यवस्थापन र समग्र शान्ति सुरक्षाका सम्बन्धमा पनि छलफल भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस