आइएमई पे र दराजबीच सम्झौता

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १६ : १२
आइएमई पे र दराजबीच सम्झौता

काठमाडौं ।आइएमई पे र दराजबीच ‘दराजवालेट डे’को निम्ति सम्झौता भएको छ।

सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ।प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने बताइएको छ।

यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन्।

नेपाललगायत चार विभिन्न दक्षिण एशियायी मुलुकहरुमा दराज एक लोकप्रिय अनलाइन बजार हो। दराजले सदैव ग्राहकहरुलाई सर्वोत्तम शपिङ अनुभव प्रदान गर्ने प्रयास गरेको कम्पनीले जनाएको छ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो।

प्रतिक्रिया दिनुहोस