बीमा विकास कोषको स्थापना गरिने

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, ११ : १७
बीमा विकास कोषको स्थापना गरिने

काठमाडौं ।बीमा प्राधिकरणले बीमा विकास कोषको स्थापना गर्ने भएको छ । संघिय संसदको प्रतिनिधि सभाले पारित गरेको बीमा विद्येयकमा बीमितको हितको लागि प्राधिकरणले बीमा विकास कोषको स्थापना गर्ने व्यवस्था गरेको छ । प्रतिनिधि सभाले पारित गरेको विद्येयक माथि सोमबार राष्ट्रिय सभामा छलफल गरिनेछ । राष्ट्रिय सभाले पारित गरेपछि विद्येयक पुन ः प्रतिनिधि सभामा फर्किनेछ । प्रतिनिधि सभा पछि विद्येयकलाई राष्ट्रपतिले लाल मोहर लगाएर राजपत्रमा प्रकाशित गरे पछि लागू हुनेछ ।

प्रतिनिधि सभाले पारित गरेको विद्येयक जस्ता त्यस्तै पारित भएमा प्राधिकरणले कोषको स्थापना गर्नेछ । बीमाको पहुँच आर्थिक रुपले विपन्न वर्गका नागरिकम्म पु¥राई बीमाको माध्यमबाट नागरिकको हित संरक्षण गर्नका लागि प्राधिकरणमा कोष रहने विद्येयकमा उल्लेख गरिएको छ ।

षमा नेपाल सरकारबाट प्राप्त रकम, बीमकबाट प्राधिकरणलाई प्राप्त हुन लघुबीमा नियमन शुल्कको ५० प्रतिशतले हुन आउने रकम र बीमकबाट प्राधिकरणलाई प्राप्त हुने नियमन शुल्कको कम्तिमा ३३ प्रतिशत रकम कोषमा जम्मा हुनेछ । प्राधिकरणले सो रकम प्रत्येक बर्ष जम्मा गर्नुपर्नेछ ।
कोषको रकम प्राधिकरणले तोकेको बमोजिम प्रयोग हुनेछ । कोषको सञ्चालन तथा व्यवस्थापन प्राधिकरणले तोके बमोजिम नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस